एमालेका केही बुढा पात र कुहिएका हाङ्गा झरेर पार्टी झन् बलियो भयोः नेता बस्नेत

काठमाडौँ । नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पार्टीभित्रका केही बुढा पात र कुहिएका हाङ्गाहरु झरेर गएकाले पार्टी झनै एकिकृत, बलियो तथा मजवुद भएको बताउनुभएको छ ।

एमालेलाई पार्टी विभाजनको अवस्थामा पुर्याई मुलुकलाई तहस नहस बनाउने तथा लोकतान्त्रीक पद्धति, बहुदलीय व्यवस्थालाई नै समाप्त पार्न गरि पूर्वएमालेका नेता माधव कुमार नेपाल, झलनाध खनाल, डा. भिम रावललगातका केही नेताहरुलाई समयमा नै बुझन नसक्दा समस्या भएको उहाँले बताउनुभयो ।

विगतमा पार्टीभित्रका बुढा पात तथा कुहिएका हांगाहरुलाई छिराल्ने प्रवृक्ति नभएका कारण एमालेमा अहिलेको अवस्था आएको उल्लेख गर्दै नेता बस्नेतले जनमत गुमेका माधवका केही नेताहरुले गर्दा पार्टी विभाजन भएको दावी गर्नुभयो । माधव समूहकै जनमत भएका नेताहरु ‘पार्टी विभाजन गरी घरको खाना नमिठो र छिमेकीको चाही मिठो’ भन्ने पक्षमा नभएको स्पष्ट पार्दै नेता बस्नेतले पार्टी विभाजन हुने नभई केही सानो टुक्रा चोइटिएर जाने बताउनुभयो ।

पार्टीका अध्यक्ष केपी ओलीको अद्भुत साहस र क्षमताका धनी नएर एमाले पहिले नै ध्वस्त भइसक्ने अवस्थाको स्मरण गराउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका नेता बस्नेतले माधव समूहका केही नेता नेपाली कम्युनिष्ट आन्दोलनका कलंकको रुपमा स्थापीत भएको र त्यसलाई जनताले गंभिर रुपमा मुल्याङ्कन गर्ने समेत बताउनुभयो ।

एमालेलाई पार्टी विभाजन गरी केही टुक्रा लिएर माओवादीसँग पार्टी एकता गर्नु स्वयम् मावध नेपाल तथा झलनाथ खनाल समूहको राजनीतिक भविष्य अन्धकार हुने दावी गर्दै उहाँले प्रचण्ड पार्टी एकता गर्ने नभई आफ्नो स्वार्थ पुरा भएपछि पार्टी तोड्ने र फोड्नेको नेतामात्र भएको स्पष्ट पार्नुभयो । प्रचण्डको योजनामा एमालेका माधव समूह लगेर पार्टी एकता गर्ने भनेको गोहीको आखाँको आशु जस्तो मात्र भएको उल्लेख गर्दै गोहीले आँशु बगाए पनि सिकार देख्यो भने खाइहाल्ने प्रवृक्ति रहेको दावी गर्नुभयो ।

प्रचण्डले भुँईको टिप्दा आफ्ने गोजिको खस्छ भन्ने याद नगरेको स्मरण गराउँदै नेता बस्नेतले प्रचण्डको समकालीन नेताहरु बाबुराम भट्टराई, मोहन बैद्य, नेत्रविक्रम चन्द विप्लब, रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट, मणी थापालगायतका नेताहरुले माओवादीको ज्यादती सहन नसकेर एमालेमा आउनुभएको बताउनुभयो । अबका दिनमा हजारौं माओवादीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्ने नेता बस्नेतले दावी गर्नुभयो ।

उपेन्द्र समूहले बाहिर एक प्रकारको गतिविधि सञ्चालन गरिरहेता पनि भित्र भित्रै सत्ता समिकरणको लागि छलफल गर्न चाहिरहेको खुलासा गर्दै नेता बस्नेतले कांग्रेस र माओवादीभित्र समेत तिव्र विवाद रहेको बताउनुभयो । माओवादीका कृष्णबहादुर महरा, जनार्धन शर्मा, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले पुनः एमालेसँग पार्टी एकता गर्नुपर्छ भन्ने पक्षमा रहेको खुलासा गर्दै नेता बस्नेतले माओवादी तथा कांग्रेसमा समेत ४० प्रतिशत पुर्याएर अर्को मोर्चा बनाउन सकिने अवस्था रहेको खुलासा गर्नुभयो ।

प्रधानमन्त्रीको आलोचना गर्ने कुनै आधार नभएपछि प्रधानमन्त्री ओलीलाई जोडी राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत खुइल्याउने कार्य भइरहेकोमा आक्रोस जनाउँदै नेता बस्नेतले राष्ट्रपतिको आलोचना गरी कांग्रेस, माओवादी लगायतले लोकतन्त्रकै धज्जी उडाएको बताउनुभयो । लोकतन्त्रमा राष्ट्रपतिको भूमिका नै सरकारले गरेको गतिविधिहरुको स्वीकार गर्ने भएको जानकारी गराउँदै उहाँले विगतमा राष्ट्रपतिको भूमिकाको बारेमा समेत आलोचकलाई स्मरण गर्न सुझाव दिनुभयो ।

सरकार गठन तथा प्रतिनिधिसाभा विघटनको विषयमा लिएर प्रधानमन्त्री तथा राष्ट्रपतिको आलोचना गर्नुको कुनै अर्थ नरहेको बताउँदै उहाँले बैधानीक रुपमा कुनै पनि पार्टी विभाजन नभई माधव समूह तथा उपेन्द्र यादव समूहका केही निवार्तमान सांसदलाई लिएर कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुभएका पछिल्लो समयका हर्कतहरु गैरलोकतान्त्रीक तथा गैरजिम्मेवारी भएको बताउनुभयो । एमालेसँग सम्बन्धविच्छेद नै नगरी देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेसको टाङ्मुनी छिर्नु राजनीतिक प्रणालीकै कलंक भएको भन्दै उहाँले आक्रोस जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘संविधानको धारा ७६ (५) बमोजिम सरकार गठन गर्न प्रधानमन्त्रीले बाटो खुल्ला गर्नेभएको अवस्थामा कांग्रेसले बहुदलीय व्यवस्थालाई आत्मसात् गरेको हो की हैन ? संसदइ िपद्धतिलाई आत्मसात् गरेको हो की हैन ? हो भने एमालेका २६ जना निर्वातमान सांसदहरुको साथ लिएर प्रधानमन्त्रीको लागि दावी गर्न मिल्छ कि मिल्दैन ?’

कोरोना संक्रमणको विषम परिस्थितीमा पनि अर्थतन्त्रका सुचकहरु जुन गतिमा घट्छ भन्ने आंकलन गरिएको थियो तर त्यो नभई निरासाजनक अवस्थामा नरहेको बताउँदै राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले बजेटमा रेलमार्ग, सुरुङमार्ग, ठूला सडक, शहरीकरण, जेष्ठ नागरिकलाई दिईने भक्तावृद्धि, शैक्षिक प्रमाणपत्रको आधारमा सहुलियत दरको ऋणलगायतका असंख्य जनमूखी कार्यहरुले सरकारलाई अझ बढी लोकप्रीय हुने स्पष्ट पार्नुभयो ।