योगेश भट्टराईको टिप्पणी : बजेट मुलत: जनमुखी छ

काठमाडौं। नेकपा एमाले नेपाल–खनाल पक्षीय नेता योगेश भट्टराईले बजेट जनमुखी भएको प्रतिक्रिया दिएका छन्। तर, कार्यान्वयनमा भने चुनौती रहेको बताए।

उनले भनेका छन्, ‘अर्थमन्त्री माननीय बिष्णु पौडेलले हिजो सार्वजनिक गर्नुभएको आव २०७८/ ७९ को बजेट मुलतः जनमुखी छ।’

हरेक बजेटका चुनौती जस्तै यो बजेटका पनि कार्यान्वयन, पुँजिगत खर्च कम हुने, राजनीतिक र प्रशासनीक नेतृत्वमा इच्छाशक्तिको कमी, राजश्वको लक्ष्य नभेटाउने, राष्ट्रिय उत्पादनमा प्रगति नहुने लगायतका चुनौती रहेको उनले बताएका छन्।

यी चुनौतीमाथि विजय प्राप्त गर्न अर्थमन्त्री पौडेललाई उनले शुभकामनासमेत दिए।