जे मन लाग्यो त्यही गर्ने स्वेच्छाचारी, अनुशासनहीन र अराजक नेता केपीजी नै हो

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चर्काे विरोध गर्दै आएका नेता भीम रावलले ओलीको एउटा कुरामा समर्थन जनाएका छन् ।

प्रधानमन्त्री केपीले एउटा भेलामा पार्टी नेतृत्व अनुशासनहीन र अराजक भएको भनेको कुरालाई सही ठहर्‍याउँदै रावलले ट्विटरमा टिप्पणी जनाएका छन् ।

नेता रावलले लेखेका छन्, ‘प्रमं केपीले एउटा भेलामा पार्टी नेतृत्व अनुशासनहीन र अराजक भएको भन्नुभएछ । हो, पार्टी महाधिवेशनको निर्णय, विधान, निर्वाचित कमिटी नमान्ने, अधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर गुटका मानिस भर्ती गर्ने र जे मन लाग्यो त्यही स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेता केपीजी नै हो ।’

प्रमं केपीले एउटा भेलामा पार्टी नेतृत्व अनुशासनहीन र अराजक भएको भन्नु भएछ।हो, पार्टी महाधिवेशनको निर्णय,विधान, निर्वाचित कमटी नमान्ने, अधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर गुटका मानिस भर्ती गर्ने र जे मन लाग्यो त्यही स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेता केपीजी नै हो।