पानीको बाल्टीमा डुबेर डेढ वर्षीया बालकको मृ’त्यु

अछाम। अछाममा पानीको बाल्टीमा डुबेर एक बालकको मृत्यु भएको छ।

साँफेबगर नगरपालिका १४ पातलकोटस्थित शाहटोलका योगेन्द्र शाहको डेढ वर्षीय छोरा सुप्रिम शाहको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय अछामाका अनुसार शनिबार दिउँसो आफ्नै घरको आगनमा राखेको पानीको बाल्टीमा खेल्ने क्रममा डुबेर मृ’त्यु भएको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।