कोरोना संक्रमणबाट आज थप १०९ जनाको मृ’त्यु

काठमाडौं, १६ जेठ। कोरोना संक्रमणबाट आज थप १०९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७ हजार २ सय ७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१० हजार ९ सय ८६ जनाको पिसीआर परिक्षणमा ३ हजार ७ सय २ र १७ सय ८४ जनाको एन्टिजेन परिक्षण गर्दा ६ सय ६७ जनालाई संक्रमण पुष्टि भएको छ ।

आज २४ घन्टामा ६ हजार २ सय ५ जना संक्रमणमुक्त भएका छन् । योसंगै संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४० हजार ९ सय ५५ पुगेको छ ।
आज नेपालमा ४ हजार ३ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ५७ हजार ७ सय ९१ पुगेको छ ।

१० हजार ९ सय ८६ जनाको पिसीआर परिक्षणमा ३ हजार ७ सय २ र १७ सय ८४ जनाको एन्टिजेन परिक्षण गर्दा ६ सय ६७ जनालाई संक्रमण पुष्टि भएको छ ।