विपक्षी ११ राजनीतिकदलह गठबन्धनले गरे आन्दोलनको घोषणा

विपक्षी ११ राजनीतिकदलह गठबन्धन पाकिस्तान डेमोक्रेटिक पार्टी (पीडीपी) ले इमरान खानको सरकारविरुद्ध नयाँ चरणको आन्दोलन घोषणा गरेको छ ।

आन्दोलनको सुरुवात स्वात जिल्लाबाट ४ जुलाईमा हुनेछ । पीडिएम संयोजक फजलुर रहमानका अनुसार स्वातपछि कराची, इस्लामावाद र अन्य शहरहरुमा पनि प्रदर्शन हुनेछ ।

गठबन्धनका सबै पार्टीहरू समावेश बैठकले यस्तो निर्णय गरेको रहमानले बताए । इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभिएम) बाट चुनाव गराउने सरकारको कोसिसलाई पनि विपक्षीहरुले धाँधली भनेका छन् । उनीहरुले ईभिएमबाट चुनाव गराउने योजना अस्विकार गरेका छन् ।

पत्रकार हमलाको सर्वत्र विरोध

पाकिस्तानको राजधानी इस्लामावादमा केही समयअघि स्वतन्त्र पत्रकार असद अली तूरमाथि ज्यानै जानेगरी हमला भएको थियो । हमलाकारीहरुले आफु आईएसआई (पाकिस्तानको गुप्तचर निकाय) का व्यक्ति रहेको दाबी गरेको घाइते पत्रकार तूरले बताएका थिए । यसको घटनाको देश–विदेशमा निन्दा भइरहेको छ ।

अहिले आईएसआईले यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको र आफुलाई बद्मान गर्ने सुनियोजित षड्यन्त्र भइरहेको जनाएको छ । यता तूरको आवाज बन्द गर्न खोजिएको पाकिस्तानका पत्रकारहरुको दाबी छ ।