एमाले स्थायी कमिटी बैठक स्थगित

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै नबसी स्थगित भएको छ ।

आइतबार साँझ ५ बजे बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको हो ।

बैठक सोमबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

बैठकले गत साता गते स्पष्टीकरण सोधेका १२ नेतामाथि कारवाहीबारे छलफल हुने बताइएको छ ।