बजेट कार्यान्वयन गरेर देखाउँछु : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् ।

आइतबार बजेटबारे सार्वजनिक अभिव्यक्ति दिन सिंहदरबारबाट पत्रकार सम्मेलन गरेका मन्त्री पौडेलले कोभिड–१९ को समस्यामा ल्याइएको बजेट आर्थिक पुनरुत्थान र आर्थिक संवृद्धिमै केन्द्रित भएको कार्यान्वयनमा कुनै दुविधा नहुने बताए ।

सो अवसरमा अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा विघटनको बाध्यकारी अवस्थामा अध्यादेशमार्फत ल्याइए पनि बजेट संविधान मुताविक नै ल्याइएको बताए ।