हाम्रो कुलमान, राम्रो कुलमान

  • ज्ञान बहादुर लामा “दोङ”

वाह! कुलमानज्यू वाह!
हाम्रो साहित्यिक नमन ।
दुःख कष्ट सब हटाई
बाँड्नु भो सुखको मल्हम ॥

समस्त नेपालीहरूको
दियो बन्नु भयो ।
औंसीको रातमा लाग्ने
जुन बन्नु भयो ॥

करोडौं विद्यार्थीहरूको
भविष्य बन्नु भयो ।
उद्योगपतिहरूको पनि
अन्नदाता बन्नु भयो ॥

वाह! कुलमानज्यू वाह!
हाम्रो कोटीकोटी प्रणाम
दुःख कष्ट सब हटाई
बाँड्नु भो सुखको मल्हम ॥

देश समृद्धिको निम्ति
सूत्रधार बन्नु भयो।
भ्रष्टाचार नियन्त्रणको पनि
पूर्वाधार बन्नु भयो ॥

कु संस्कारलाई उडाउने
तुफान बन्नु भयो ।
कुशल व्यवस्थापनको पनि
नायक बन्नु भयो ॥

वाह! कुलमानज्यू वाह!
जनताको छ सलाम ।
दुःख कष्ट सब हटाई
दिनु भो ममताको मल्हम ॥

सारा युवा पीडितहरूको
ऊर्जा बन्नु भयो ।
निराश नेपाल आमाको पनि
सारथी बन्नु भयो ॥

हिमाल,पहाड अनि तराई
सबले रोज्छन् कुलमान ।
नेपालको इतिहासले पनि
अब खोज्छ कुलमान ॥

वाह! कुलमानज्यू वाह !
सबको छ सलाम ।
सक्दैनौं तिर्न गुण तपाईंको
जनताले जनम जनम ॥