भोलिबाटै बजेटको कार्यान्वयनमा लाग्छौँ: अर्थमन्त्री पौडेल

काठमाडौँ- अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयनमा कुनै आशंका नगर्न आग्रह गरेका छन्।

उनले सिंहदरबारमा पत्रकार सम्मेलनमा मार्फत सरकारले जारी गरेको बजेटमाथि आशंका उत्पन्न भएपनि यो बजेट कार्यान्वयमा सरकार प्रतिवद्ध रहेको बताए।

उनले भोलीदेखि नै सम्बन्धित मन्त्रालयहरुसँग योजना र कार्यान्वयनका आधारमा छलफल अघि बढाउने र बजेटको कार्यान्वयनलाई तीव्रता दिने बताए।

मन्त्री पौडेलले संसद विघटन भएको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याउन बाध्य भएको पनि बताएका छन्।

उनले खोपको अभियानमा सरकार प्रतिबद्धताका साथ लागेको दाबी गर्दै चुनाव पनि सरकारको प्राथमिकतामा रहेको र चुनावका लागि पर्याप्त रकम छुट्याइएको दाबी गरे।

सबै नागरिकलाई खोप दिने सन्दर्भमा पनि सरकारले प्राथमिकता दिएको उनले बताए। ‘जनताको जीवन सबैभन्दा सर्वोपरि हो भन्ने दृष्टिले हामी काम गरिरहेका छौँ,’ उनले भने।