चितवनमा ज्ञानेन्द्र शाहीको कार्यक्रम बिथो’लिनुको दु’ष्परिणाम

  • अशोक भण्डारी 

पोखराबाट दशैंको छुट्टीमा घर हिजो मात्र आएको थीएँ। फ़ेसबुकमा ज्ञानेंद्र शाहीले सम्बोधन गर्ने कार्यक्रम रहेको थाह पाएसी चौबीसकोठी गएँ। देशमा रहेको भ्र’ष्टाचा’र , बेथिति बारे जानकार हुदाहुदै कोठामा दिनभर फ़ेसबुक चलाएर, फ़िल्म हेरेर या सुतेर बस्न मन मानेन। कार्यक्रम बीथोल्ने ज्ञानेन्द्र शाहीका विरोधीहरुको योजना अनुरूप नै सुरुमा नै प्रहरीले सो ठाउँमा कार्यक्रम गर्ने अनुमति नलीएको बहानामा माईक र स्पीकर खोसि ज्ञानेन्द्र शाही समर्थकहरूलाई तितरवीतर पारे।

ज्ञानेन्द्र शाहीको समर्थनमा आएको भिडमा महिला र वृद्धहरूको उल्लेख्य उपस्थिति थियो भने युवाहरू तुलनात्मक रूपमा कमै मात्र थीए। चौविसकोठीका सड़कपेटीमा फलफुल र कपड़ा बेच्नेहरू पनि ज्ञानेन्द्र शाहीले सम्बोधन गर्ने भनेर उत्साहित देखिन्थे। केही बेरमा मैले चीनेका सूरज, अशोक लगायतका पूर्व क्रान्तिकारी र ycl नेता भनीनेहरूले नेतृत्व गरेको एकडेढ़ दर्जन जतीको भिंड ज्ञानेन्द्र शाहीको विरोधमा मुर्दावादका नाराहरू लगाउदै आए।

२०६६/६७ ताका माकुने प्रधानमन्त्री हुदा माओवादीका नेताहरूले राज्यले भिजिलान्ते परिचालन गरेर आन्दोलनलाई तहसनहस पार्न सक्छन्, बदनाम गराउन सक्छन् भनेर हामी सड़कमा हीडनेहरूलाई पटकपटक सतर्क गराउथे। आज राज्यमा तीनै नेताको उपस्थिति हुदा , उतीबेलाका हाम्रा सुप्रीमोकी छोरी भरतपुर महानगरको मेयर हुदा मेयरकै वरपरका मानीसहरूले भिजिलान्ते बनेर कार्यक्रम बीथोल्न आइपुगे।

केही हप्ता अघि “ओली लगलग काँपीरहेका छन” भन्ने बाबुरामको अभिव्यक्ति सही रहेछ भनेर आज चितवनमा भएकों प्रहरी दमन र अहिलेका भिजीलान्ते (पूर्वक्रान्तिकारी) साथीहरूले गरेको गतिविधिबाट प्रष्ट हुन्छ। विध्यार्थी राजनीति गरी चन्दा उठाएर बाइकमा हीडडुल गर्ने वेरोज़गार नेताहरु , युवा निर्यात गर्ने कन्सल्टेन्सीका हाकिम भएर बस्ने स्वघोषित क्रान्तिकारीहरूले सड़कपेटीमा चप्पल लगाएर हीड्ने मानिसहरूलाई, सड़कपेटीमा फलफुल र कपड़ा बेच्नेहरूलाई पुरानो सत्ताका मतीयार देख्दा हुन।

म ८/९ मा पढ़ने बेला भिजीलान्ते भनेको “चुल्ठे मुन्द्रे दादा गुण्डा”जस्ता हुन्छन भनेर नेताहरू भन्दथे , त्यही छाप मेरो मानसपटलमा परेको थियो र आज ती मौलाकालिका हस्पिटल अघि उभिएका ती पूर्व क्रान्तिकारी साथीहरू देख्दा मलाई मलाई तीनै “चुल्ठे मुन्द्रे दादा गुण्डा”को सम्झना आयो। ज्ञानेन्द्र शाहीले भ्रष्टाचारका विरुद्ध बोल्दा, शुशासन भएन भन्दा “ज्ञानेंद्र शाही राजावादी हो। त्यसैले बीथोलेको” भन्ने पूर्वक्रान्तिकारी साथीहरूलाई मेरो प्रश्न- किन कमल थापाका कार्यक्रम बीथोल्न जादैनौ?

”वैज्ञानिक समाजवाद स्थापना गरौं” भन्ने भित्तेलेखन मेट्ने तिम्रा मालिकहरूको सरकारले कमल थापाले लेखेको राजतंत्र पुनर्स्थापना गर। हिन्दु राष्ट्र क़ायम गर भन्ने नारा किन मेट्न सक्दैन? “विप्लबलाई ग़ैरसंवैधानिक भनेर प्रतिबन्ध थोपर्ने पूर्वक्रान्तिकारीको सरकारी कम्युनिस्ट पार्टीले कमल थापाको पार्टीलाई किन निषेध गर्न सक्दैन?” २०६६/६७मा नागरिक सर्वोच्चताको लागी माकूने सरकारविरुद्ध भएकों आन्दोलनमा “विध्या तेरो सिंदूर खोई? केपी ओली तेरो पोई” भनेर नारा लगाउन सिकाईएको थियो।

२०६६/६७मा सड़कमा नारा लगाउने जो कोहिले पनी यो नारा भूल्न सक्दैन। म दावाका साथ भन्न सक्छु, यो नारा प्रचण्ड, बाबूराम,किरण देखी विप्लवसम्म सबैले सुनेको नारा हो, अहिलेका सरकारी अखिलका नेता रंजीत तामागं देखी सरकारी युवा संघका संयोजक दीपशिखा भनिने रामप्रसाद सापकोटा सम्म सबैले चिचयाइ चिचयाइ लगाएको नारा हो। यो नारा केहीले राष्ट्रपती र गणतंत्र माथीको आक्रमण हो भन्लान, भनीराखुन्। तर आज सरकारी अड्डाहरूमा विधा र ओलीको फ़ोटो संगै झुण्डीएको देख्दा मलाई हाँसो लाग्छ। कस्तो अनौठो संयोग!

तर विडम्बना, गणतंत्रको आन्दोलन हुदै गर्दा रत्तीभर योगदान नगरेका संघीयताविरोधीहरू भनेर चीनीएका यिनै संघीय नेपालको राष्ट्रपती र प्रधानमन्त्री छन। र यो सरकार कम्युनिस्टकै नाम बदनाम गर्ने गरी जन-दमनमा उत्रीएको छ। सड़क र चोकमा उभीएर मानिसहरू भन्दै छन् “यिनको सरकार आए रुन पनी, बोल्न पनी पाईदैन भनेको थ्यो शेरबहादुरले! शेरेले ठीक भनेछ! अहिलेका शासक भन्दा शेरे राम्रो”। अर्कों तर्फ विप्लबलाई ग़ैरसंवैधानिक, अराजक, अतिवादी, आपराधिक, आतंककारी झुण्ड भनेर प्रचार गर्दै प्रतिबन्ध थोपरेर प्रचण्ड भन्दैछन् “पहिले एमाले बिग्रीए माओवादी थियो , माओवादी नभए एमाले थियो! अब हामीसंग कुनै विकल्प छैन, यस कारण हामीसंग सुध्रिनुको विकल्प छैन।”

हिजो पारस संगसंगै हीड्ने मानिस र आज रेणुको पीए, प्रवक्ता र कवच बनेर हीडेका पूर्व क्रान्तिकारी साथीहरू म उस्तै देख्छु। हो, ज्ञानेन्द्र शाहीको समर्थनमा जाने भिड़ भित्र राजावादी घुसेका छन, हिन्दुवादी घुसेका छन्। सत्ताबाहिर रहेर थलीएको कांग्रेस देखी वैकल्पिक राजनीतिको वकालत गर्नेहरूले समेत ज्ञानेन्द्र शाहीको आन्दोलन र अभिव्यक्ति प्रयोग गरी सरकारविरोधी भावना बढ़ाउन तत्पर छन्। गणतंत्र माओवादीले लडेर ल्याएको हो, यसकारण गणतंत्रको सबैभन्दा बढ़ी माया पनी माओवादीलाई नै हुनु पर्ने हो, यी परिवर्तनका तमाम मुद्दामा परिवर्तन ल्याउन लडेका भनीएका माओवादीहरू अझ बढ़ी संवेदनशील हुनु पर्ने हो।

आज पूर्वमाओवादी साथीहरूले गरेको गुण्डागर्दीले एकातीर ज्ञानेन्द्र शाहीका पक्षधरलाई अझ आक्रामक र प्रतिवद्ध बनाउछ भने अर्कों तर्फ रेणु दाहालदेखी प्रचण्डसम्मको राजनीतिक भविष्यलाई धरासायी बनाऊँछ। संसदीय अभ्यासमा आफ़्नो क्षेत्रमा आफ़्नो पक्षमा जनमत क़ायम राख्न सक्नु ठुलो चुनौती हो। आजको पूर्वमाओवादीको गुण्डागर्दीले प्रचण्ड-रेणुको छविलाई थप अलोकप्रिय बनाउछ तर पूर्वएमालेको जनमतलाई यसले कत्तीपनि असर गर्नेछैन। प्रचण्ड रेणु अलोकप्रिय हुनुको अर्थ अहिलेको सरकारी नेकपा कमज़ोर हुनुहोईन, बरु सरकारी नेकपाभित्र एमाले अझ सशक्त हुने अवसर हो। यसले क्रमिक रूपमा प्रचण्डलाई सिथिल बनाउने र परिवर्तनका मुद्दा उल्ट्याउन चाहनेहरूलाई मज़बूत बनाउछ।