गगनचुम्बी भवनहरू सोझै चढ्ने ‘स्पाइडरमेन’ प’क्राउ

एएफपी । गगनचुम्बी भवनहरू चढ्न पोख्त ‘फ्रान्सेली स्पाइडरमेन’ अलाइन रोबर्ट जर्मनीको फ्रेङ्कफर्ट शहरस्थित ‘स्काइपर’ टावर चढेपछि प’क्राउ परेका छन् ।

सन्ताउन्न बर्षीय रोबर्टले प’क्राउ पर्नुभन्दा पहिले आधा घण्टाको छोटो समयमा नै १५४ मिटर अग्लो ४२ तले भवनमा कुनै सरकारी स्वीकृति र सुरक्षा सामग्रीविना नै चढेका थिए । उनको साहसिक कार्यलाई सडकमा हिँडिरहेको यात्रुले च’कित बन्दै अवलोकन गर्नुका साथै फोटोहरू लिएका थिए।

सन् १९९४ देखि आफ्ना चमत्कारको प्रदर्शन गर्दै आएका रोबर्टले दुवैस्थित विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा र पेरिसस्थित इफेल टावरलगायतका स्थानमा चढेर विश्वलाई चकित पारिसकेका छन् ।

अगस्टमा उहाँले हङकङस्थित एक गगनचुम्बी भवनमा चढेर ‘शान्ति’ को झण्डा फहराएका थिए ।