कमाल खानको ठूलो दाबी– यो सलमान खानलाई सडकमा ल्याएर पछार्छु

यूट्युबे समीक्षक तथा कलाकार कमाल आर खानले बलिउड सुपरस्टार सलमान खानको करीयर ध्वस्त पारेर उनलाई सडकमा ल्याएर पछार्ने प्रतिज्ञा गरेका छन् ।

गत साता कमाललाई सलमानले मानहानिको नोटिस पठाएका थिए । राधे फिल्मको नकारात्मक समीक्षा गरेको भएर आफूलाई सलमानले मानहानिको नोटिस पठाएको कमालको भनाइ छ । तर सलमानविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप कमालले लगाएकाले मानहानिको नोटिस पठाइएको सलमानका वकिलहरूले बताएका छन् ।

शनिवार कमालले ट्विटरमा लेखे, ‘यसले धेरैजनाको करीयर सिध्याइसकेको छ भन्ने सुनेको छु । उसविरुद्ध बोल्नेको करीयसलाई उसले ध्वस्त पारेको छ । तर नहलामा दहला हुन्छ । म दहला हुँ । म यसको करीयर चौपट पारेर यसलाई सडकमा ल्याएर पछार्छु ।’