सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । आइतबार सुनको मूल्य अधिकतम ९४ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै आइतबार सुन ९४ हजार रुपैयाँ पुगेको हो ।

गत शुक्रबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत ९३ हजार ५०० रुपैयाँ पुगेको छ ।

यता चाँदी भने गत शुक्रबारको तुलनामा प्रतितोला ५ रुपैयाँले मात्र वृद्धि हुँदै एक हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।