विप्लवले बनाए १४ पार्टीको मोर्चा, ओलीमाथि इण्डो–अमेरिकन गोटी बनेको आरोप

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित साना १४ पार्टीको संयुक्त मोर्चा बनाइएको छ । यही जेठ १४ गते बसेको बैठकबाट संयुक्त मोर्चा बनाइएको हो । वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्पका साथै विद्यमान व्यवस्थाकै विकल्प खोजिनुपर्ने मोर्चाको ठहर छ ।

मोर्चाले अहिलेको व्यवस्थाको विकल्पमा जनगणतन्त्र÷वैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्नेमा जोड दिएको छ । यस्तै मोर्चाले ओली इन्डो–अमेरिकी गठबन्धनको गोटीको रुपमा काम गरिरहेको आरोप लगाउँदै विज्ञप्तिमार्फत भनेको छ, ‘एमसीसी पारित गरी नेपालमा अमेरिकी सेना तैनाथ गर्ने तथा नेपाललाई भुटानीकरण गर्ने योजनामा लागेका छन् ।

मोर्चाले विप्लव नेतृत्वको पार्टीका नेता कार्यकर्तालाई तत्काल रिहाइ गर्न पनि माग गरेको छ ।