झगडा मिलाउन हिंडेका असई मोटरसाइकल दु’र्घ’टनामा मृ’त्यु

इलाम। इलाम नगरपालिका–२ सुम्बेकमा ड्युटी हिँडेका प्रहरी सहायक निरिक्षक रवि मगरको मृ’त्यु भएको छ। अस्थायी प्रहरी चौकी बिब्ल्याँटेका इञ्चार्ज मगरको बा २ बा २२८८ नम्बरको मोटरसाइकल दु र्घ’टना हुँदा छाँगे खोलामा मृ’त्यु भएको हो।

इटहरी घर भएका ४५ वर्षे मगर सुम्बेकमा झ’गडा भएको खबर पाएपछि दुई बजे त्यता गएका थिए। हिलो सडकमा मोटरसाइकल चि’प्लिएर मगरको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जनकारी दिए।

सडक भन्दा ५० मिटर तल खसेको उनको श’व निकालेर पोष्ट’मा’टमका लागि इलाम अस्पतालमा ल्याइएको छ। उनीसँगै सवार प्रहरी जवान राम सेवक मोची घा’इते भएका छन्। उनको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।