खतिवडाको विवादास्पद कर छुट पौडेलले उल्टाए (कुनमा बढ्यो, कुनमा घट्यो)

काठमाडौँ। चालु आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक ऐनमार्फत चकलेटमा दिएको भन्सार महसुल छुट दिने व्यवस्था उल्टिएको छ ।

चकलेटमा लाग्दै आएको ४० प्रतिशत भन्सार महसुल घटाएर ३० प्रतिशत पुर्‍याएपछि खतिवडा विवादमा तानिएका थिए । उनले विशाल ग्रुपलाई पोस्‍न चकलेटमा कर घटाएको आरोप खेप्‍नुपर्‍यो ।

खतिवडाको अर्थमन्त्रीकालमा एक सार्वजनिक कार्यक्रममा पौडेललाई प्रश्न गरिएको थियो, ‘एकजना पूर्व अर्थमन्त्रीका रूपमा यहाँलाई वर्तमान अर्थमन्त्री (खतिवडा)का नीति कस्तो लागेको छ ?’ जवाफमा उनले भनेका थिए, ‘कम्युनिष्ट पार्टीमा व्यक्ति गौण हुन्छ । व्यक्ति जोसुकै भएपनि पार्टीको नीति कार्यान्वयन गर्ने हो ।’ तर पौडेलको कर नीतिले खतिवडाको उक्त नीति पार्टीको नीति नभएको स्पष्ट पारेको छ । जसले खतिवडा निश्चित व्यापारिक घराना पोस्न खोजेको आरोपमा लाञ्छित भएका थिए । तर पौडेल त्यसबाट बच्न हो वा आफ्नो छवि बनाउन निकै ‘स्मार्ट’ देखिएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले विवादास्पद कर छुटको व्यवस्था उल्टाएका हुन् । आर्थिक अध्यादेशमा चकलेटमा भन्सार महसुल बढाएर ४० प्रतिशत पुर्‍याइएको छ । आन्तिरिक उत्पादनलाई टेवा पुग्ने भन्दै आयातित चकलेटमा भन्सार महसुल बढाइएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

विद्युतको आन्तरिक खपत वृद्धि गर्नुपर्ने समयमा विद्युतीय सवारीको कर बढाएको भन्दै खतिवडामाथि आलोचना भएको थियो । आर्थिक अध्यादेशअनुसार विद्युतीयसवारी साधनको आयातमा लाग्ने अन्तःशुल्क पुरै खारेज गरिएको छ । इन्डक्सन चुल्होको भन्सार महसुल दर घटाएर एक प्रतिशत कायम गरिएको छ भने रेफ्रिजेरेटर, ग्राइन्डर, राइसकुकर, पङ्खा लगायतका विद्युतीय उपकरणको अन्तःशुल्क खारेज गरी भन्सार महसुल घटाइएको छ।

यी वस्तुमा बढ्यो भन्सार महसुल