प्रदीप पौडेलको टिप्पणी: कोरोना नियन्त्रण गर्नुको सट्टा फेरि जनतामा कोरा सपना मात्रै बाँड्ने ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काम चलाउ सरकारले पूर्ण बजेट ल्याउनु असैवैधानिक भएको टिप्पणी गरेका छन् ।

शनिबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गरेलगत्तै टिप्प्णी गर्दै नेता पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एक त विश्वासको मत लिन सकेको छैन।अर्को सरकारको वैधता सम्बन्धमा अदालतमा बहस चलिरहेको छ। काम चलाउ सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्याउन कसरी मिल्छ ? यो पूर्ण असंवैधानिक र असंसदीय छ।’

आंशिक बजेट ल्याएर, कोरोना नियन्त्रण गर्नुको सट्टा पपुलिस्ट बजेट ल्याएर फेरि जनतामा कोरा सपना मात्रै बाँडेको उनको आरोप छ ।