‘संसद पुन:स्थापना भएपछि यो बजेट खारेज हुन्छ’- पूर्वअर्थमन्त्री पुन

पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेट कार्यान्वयन नहुने बताएका छन्।

कामचलाउ सरकारले पूर्णआकारको बजेट ल्याउन नपाउने उनको टिप्पणी छ। उनले संसद पुन:स्थापना हुने र यो बजेट खारेज हुने बताए।

संसद पुन:स्थापना भएपछि नयाँ सरकारले बजेट ल्याउने उनको धारणा छ। कामचलाउ सरकारले करको दायरा बढाउने र घटाउने काम गर्न नसक्ने उनको भनाइ छ।

कोरोना नियन्त्रणका कार्यक्रम भने ठिक रहेको उनले बताए। यदी कथम कदाचित चुनाव भइहाले चुनावलाई प्रभावित पार्नेगरी बजेट ल्याइएको उनले टिप्पणी गरे।