यस्ताे छ आर्थिक वर्ष २०७८/०७९ को बजेट (पूर्णपाठ)

सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ। कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ रु ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ।

यस्तै वित्तीय व्यवस्थातर्फ रु २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ । प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले जानकारी दिए ।

आगामी आर्थिक वर्षका लागि अनुमानित खर्च व्यहोर्ने स्रोत व्यवस्थापनका लागि सरकारले राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड र ६३ अर्ब ३७ करोड वैदेशिक अनुदान व्यहोर्ने र त्यसबाट समेत अपुग ५ खर्ब ५९ अर्ब ३० न्यून हुने देखिने त्यसमा थप ३ खर्ब ९ अर्ब २९ करोड ऋण लिने सरकारले योजना बनाएको छ ।

बजेटको आकार- १४ खर्ब ७४ अर्ब
चालु खर्च – ९ खर्ब ४८ अर्ब
पुँजीगत खर्च – ३ खर्ब ५२ अर्ब
वित्तीय व्यवस्था – २ खर्ब ७२ अर्ब
राजस्व – ८ खर्ब ८९ अर्ब
अनुदान – ६० अर्ब
बाह्य ऋण – २ खर्ब ९९ अर्ब
आन्तरिक ऋण – २ खर्ब २५ अर्ब

हेर्नुहाेस् पूर्णपाठ:

Budget Speech (Final)