तीनवटा भन्सार कार्यालय थप, ठूला भन्सार कार्यालयमा अत्याधुनिक स्क्यानिङ मेसिन राखिने

काठमाडौं । सरकारले सात प्रमुख भन्सार कार्यालयमा अत्याधुनिक कन्टेनर स्क्यानिङ र मालवस्तु तौलिने उपकरण जडान गर्ने भएको छ । आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले मेची, विराटनगर, तातोपानी, वीरगन्ज, भैरहवा, नेपालगञ्ज र तातोपानी भन्सारमा स्क्यानर मेसिन जडान गरिने बताए ।

यस्तै आगामी आर्थिक वर्षमा थप तीनवटा भन्सार कार्यालय स्थापना गर्ने पनि उनले जानकारी दिए । गौतमबुद्ध र पोखरा विमानस्थल तथा जनकपुर रेलवे स्टेसनमा नयाँ भन्सार कार्यालय स्थापना गरिने भएको छ ।

भन्सार परीक्षण थप विश्वसिलो बनाउन प्राथमिकताका आधारमा भन्सार कार्यालयमा एकीकृत प्रयोगशाला बनाउने पनि बजेटमा उल्लेख छ ।

यो पनि पढ्नुहोस

नयाँ बजेटमा के–के आयो ? बुँदामा हेर्नुहोस्

अध्यादेशबाट ल्याइएको बजेट झनै पपुलिस्ट, यस्ता छन् लोकप्रिय बन्ने ओली सरकारको कार्यक्रम

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट

निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

वृद्ध भत्ता १ हजार रुपैयाँले बढ्यो

कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड