उपत्यकामा जाम हटाइने, तीनकुने-जडीबुटी सुरुङमार्गका लागि १ अर्ब ८० करोड विनियोजन

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको जाम हटाउन तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाउने भएको छ।

शनिबार अध्यादेशबाट आएको बजेट भाषण गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले तीनकुने–जडीबुटी सुरुङमार्ग बनाउन १ अर्ब ८० करोड बजेट छुट्टाएको बताए ।

यसैगरी सरकारले आर्थिक वर्ष २०७८÷७९ मा चक्रपथमा पर्ने राजधानीका व्यस्त ३ सडकमा फ्लाइओभर निर्माण गर्ने पनि भएको छ।

सातदोबाटो, ग्वार्को र एकान्तकुनामा आर्थिक वर्ष २०७८/७९ फ्लाइओभर बनाइने मन्त्री पौडेलले जानकारी दिए ।

२ वर्षभित्र काठमाडौंको चक्रपथ विस्तार कार्यक्रम सम्पन्न गर्न २ अर्ब ६४ करोड बजेटको विनियोजन गरिएको मन्त्री पौडेलले बताएका छन् । उनका अनुसार नागढुंगा–सिस्नेखोला सुरुङमार्ग २ वर्षभित्र संचालनमा ल्याउन ९ अर्ब ८५ करोड बजेट विनियोजन गरिएको छ ।

यो पनि पढ्नुहोस

नयाँ बजेटमा के–के आयो ? बुँदामा हेर्नुहोस्

अध्यादेशबाट ल्याइएको बजेट झनै पपुलिस्ट, यस्ता छन् लोकप्रिय बन्ने ओली सरकारको कार्यक्रम

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट

निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

वृद्ध भत्ता १ हजार रुपैयाँले बढ्यो

कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड