काठमाडौँ उपत्यकाभित्र २० वटा ढुंगेधारा जीर्णोद्धार गरिने

काठमाडौँ । सरकारले खानेपानीको स्रोत सुनिश्चित गर्न काठमाडौँ उपत्यकाभित्रका २० वटा खानेपानीको स्रोत तथा ढुंगेधारा संरक्षण गर्ने घोषणा गरेको हो।

अर्थमन्त्री बिष्णु पौडेलले बजेट सार्वजनिक गर्दै काठमाडौँ उपत्यकाका खानेपानीका परम्परागत स्रोतको जीर्णोद्धार गरिने जानकारी दिएका हुन्।

‘उपत्यकाका २० वटा ढुंगेधारा तथा खानेपानीमा मुहान जीर्णोद्धार गरिने छ,’ अर्थमन्त्री पौडेलले भने।