चुहानडाँडा विमानस्थलको नाम स्व. आङछिरिङ शेर्पाको नामबाट राखिने

काठमाडौं । तेहथुम जिल्लाको आठराई गाउँपालिका वडा ६ मा निर्माण हुने चुहानडाडा विमानस्थलको नाम स्व. आङछिरिङ शेर्पाको नामबाट राखनिे भएको छ ।

शनिबार अर्थमन्त्री विष्णु पौडेलले २०७८\७९ को बजेट प्रस्तुत गर्दै चुहानडाडा एयरपोर्टको नाम यति समूहका संस्थापक स्व शेर्पाको नामबाट राखिने बताउनुभयो ।

त्यस्तै ताप्लेजुङस्थित सुकेटार एयरपोर्ट स्व. पूर्वमन्त्री रवीन्द्र अधिकारीको नाममा राखिने मन्त्री पौडेलले बताउनुभयो ।

चुहानडाडा एयरपोर्ट निर्माणका लागि स्थलगत अनुगमन गर्न गएर फर्किने क्रममा उहाँहरुको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि निधन भएको थियो ।

यो पनि पढ्नुहोस

नयाँ बजेटमा के–के आयो ? बुँदामा हेर्नुहोस्

अध्यादेशबाट ल्याइएको बजेट झनै पपुलिस्ट, यस्ता छन् लोकप्रिय बन्ने ओली सरकारको कार्यक्रम

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट

निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

वृद्ध भत्ता १ हजार रुपैयाँले बढ्यो

कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड