सरकारी स्वामित्वका बन्द उद्योग निजी क्षेत्रसँग सहकार्य गरेर सञ्चालन गरिने

काठमाडौं । सरकारले बन्द अवस्थामा रहेका तथा कमजोर क्षमतामा सञ्चालनमा रहेका सरकारी लगानीको उद्योग तथा संस्थान निजी क्षेत्रसँग सहकार्य गरेर सञ्चालन गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । कृषि औजार कारखाना, बुटवल धागो कारखाना, गोरखकाली टायर, वीरगन्ज चिनी कारखाना र हेटौंडा कपडा उद्योगलाई सरकारको सरकार निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्न प्रस्ताव आह्वान गरिने अर्थमन्त्री पौडेलले बताए ।

ती उद्योग सञ्चालन गर्दा उद्योगको जग्गा र अन्य पूर्वाधारलाई सरकारको लगानीको रुपमा गणना गर्ने र बाँकी लगानीका लागि निजी क्षेत्रलाई आग्रह गर्ने बजेटमा उल्लेख छ ।

यो पनि पढ्नुहोस

नयाँ बजेटमा के–के आयो ? बुँदामा हेर्नुहोस्

अध्यादेशबाट ल्याइएको बजेट झनै पपुलिस्ट, यस्ता छन् लोकप्रिय बन्ने ओली सरकारको कार्यक्रम

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट

निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

वृद्ध भत्ता १ हजार रुपैयाँले बढ्यो

कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड