सशस्त्र र नेपाल प्रहरीको १५ प्रतिशत राशनभत्ता वृद्धि

काठमाडौं- सरकारले सशस्त्र र नेपाल प्रहरीको राशनभत्ता वृद्धि गरेकाे छ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै १५ प्रतिशत राशनभत्ता बढाउने जानकारी दिएका हुन्।

नेपालमा करिब ६ लाख राष्ट्रसेवक छन्। प्रहरीको राशनभत्ता ६ वर्षदेखि वृद्धि हुन सकेको थिएन। पाँच महिनाअघि गृह मन्त्रालयले करिब ३५ प्रतिशत राशनभत्ता वृद्धि गर्न सिफारिस भएको थियो। जुन हालसम्म कार्यान्वायन भएको छैन।

त्यसैगरी, बोर्डर आउट पोष्ट (बिओपी) को संख्या पनि थप हुने भएको छ। आगामी वर्षभित्र सशस्त्रका १२० वटा बिओपी थप हुने अर्थमन्त्री पौडेलले बताए।