एक विद्यालय एक स्वास्थ्यकर्मी सुनिश्चित गर्ने

काठमाडौं । सरकारले एक विद्यालय एक स्वास्थ्यकर्मी सुनिश्चित गर्ने भउको छ । अब विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने पनि सरकारले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ अर्ब ८० अर्ब ४ करोड विनियोजन गरेको छ।

त्यस्तै, १ हजार ५ सय विद्यालय तथा उच्च माध्यमिक विद्यालयका कक्षाकोठा तथा पूर्वाधार निर्माण सुरु गरिने जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत यस्तो घोषणा गरेका हुन् । उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरिएको पनि जनाए ।

त्यस्तै, अर्थमन्त्री पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिईने घोषणा गरेका छन् । त्यसको ब्याजदर अधिकतम ५ प्रतिशत तोकिएको छ । र, ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि मात्र उपलब्ध गराइनेपनि उनले स्पष्ट पारेका छन् ।

यो पनि पढ्नुहोस

नयाँ बजेटमा के–के आयो ? बुँदामा हेर्नुहोस्

अध्यादेशबाट ल्याइएको बजेट झनै पपुलिस्ट, यस्ता छन् लोकप्रिय बन्ने ओली सरकारको कार्यक्रम

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट

निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

वृद्ध भत्ता १ हजार रुपैयाँले बढ्यो

कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड