गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २१ जनाको मृ’त्यु

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृ’त्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत २१ जनाको मृ’त्यु भएको हो ।

गण्डकी प्रदेशमा विभिन्न जिल्लाका २१ जना कोरोना संक्रमितको उपचारका क्रममा मृ’त्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए । उनका अनुसार कास्कीमा ५,लमजुङ ३, नवलपरासी पूर्व ४, तनहुँ ३,मुस्ताङ १, म्याग्दी १ र बागलुङमा ४ जनाको कोरोना संक्रमणका कारण मृ’त्यु भएको छ ।

पोखरा–१० का ३९ बर्षिय पुरुष, पोखरा–३१ का २८ बर्षिय पुरुष,पोखरा–१९ का ७९ बर्षिय पुरुष, पोखरा–९ की ६८ बर्षिय महिला, नवलपरासी पूर्व,बर्धघाट–१४ की ३९ बर्षिय महिला, गैडाकोट–७ की ३६ बर्षिय महिला,त्रिबेणी–६ की ८० बर्षिय महिला,मध्यविन्दु–१४ का ५५ बर्षिय पुरुष र गैडाकोट–१० की ६७ बर्षिय महिलाको उपचारका क्रममा मृ’त्यु भएको हो ।

त्यसैगरी तनहुँ शुक्लागण्डकी–५ का ५८ बर्षिय पुरुष,ब्यास–७ का ५० बर्षिय पुरुष, शुक्लागण्डकी–८ की ५३ बर्षिय महिला,बागलुङ बरेङ–१ का ६५ बर्षिय पुरुष,बागलुङ नगरपालिका–३ का ५४ बर्षिय पुरुष, ढोरपाटन–५ का ५ का ६५ बर्षिय पुरुष, गलकोट–२ का ९१ बर्षिय पुरुषको मृ’त्यु भएको छ ।

त्यसैगरी लमजुङको मस्र्याङदी–३ की ३५ बर्षिय महिला,सुदरबजार–९ का ६८ बर्षिय पुरुष,बेशीसहर–६ की ६८ बर्षिय महिला, म्याग्दी बेनी–३ की ८४ बर्षिय महिला र मुस्ताङको वाराङवङङ–१ की ४० बर्षिय कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृ’त्यु भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृ’त्यु हुनेको संख्या ६४५ पुगेको छ ।

यो पनि पढ्नुहोस

अध्यादेशबाट ल्याइएको बजेट झनै पपुलिस्ट, यस्ता छन् लोकप्रिय बन्ने ओली सरकारको कार्यक्रम

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट

निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

वृद्ध भत्ता १ हजार रुपैयाँले बढ्यो

कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड