स्वास्थ्यको बजेट झण्डै सवा खर्ब, खोपका लागि २६ अर्ब ७५ करोड

काठमाडौं । सरकारले कोरोना महामारी नियन्त्रण र रोकथाममा केन्द्रीत भनिएको बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई झण्डै सवा खर्ब रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्वास्थ्यतर्फ १ खर्ब २२ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । गत वर्ष स्वास्थ्य मन्त्रालयतर्फ ९० अर्ब ६९ करोड रुपैयाँ बजेट परेको थियो ।

सरकारले लक्षित समूहका सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको र खोपका लागि २६ अर्ब ७५ करोड रकम छुट्याएको छ ।

कोभिड-१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड छुटु्याएको छ ।

यो पनि पढ्नुहोस

अध्यादेशबाट ल्याइएको बजेट झनै पपुलिस्ट, यस्ता छन् लोकप्रिय बन्ने ओली सरकारको कार्यक्रम

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट

निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

वृद्ध भत्ता १ हजार रुपैयाँले बढ्यो

कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड