खानेपानी तथा सरसफाइलाई ४३ अर्ब ५४ करोड, मेलम्चीमा अर्को परियोजना थपिने

काठमाडौं । सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि ४३ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यो रकम चालु आव हाराहारी नै रहेको छ । सरकारले चालु आर्थिक वर्षमा ४३ अर्ब १० करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । यस बजेटमा मेचम्ची आयोजनामा खर्च हुने थप रकम समेत समावेश छ । सरकारले एक घर एक धारा कार्यक्रम चलाउने बताएको छ ।

पिउने पानीको निर्यात गर्न लगानी आकर्षित गर्ने नीति सरकारको छ । काठमाडौंमा पानी वितरण भइसकेको आवस्थमा सरकारले वितरणतर्फ खर्च गर्ने गरी यो बजेट विनियोजन गरेको छ ।

सरकारले मेलम्चीको दोस्रो परियोजना सुरु गर्ने घोषणा पनि गरेको छ ।

यो पनि पढ्नुहोस

अध्यादेशबाट ल्याइएको बजेट झनै पपुलिस्ट, यस्ता छन् लोकप्रिय बन्ने ओली सरकारको कार्यक्रम

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट

निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

वृद्ध भत्ता १ हजार रुपैयाँले बढ्यो

कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड