काठमाडौंमा १ सय विद्युतिय बस सञ्चालन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले काठमाडौंमा १ सय वटा विद्युतिय बस सञ्चालनको तयारी गरेको छ ।

शनिबार भएको आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काठमाडौं उपत्यकामा १ सय वटा विद्युतिय बस सञ्चालनमा जोड दिइने बताउनुभएको छ ।

उहाँले देशभरका ५ सय चार्जिङ स्टेशन, टर्मिनल भवन र अन्य पूर्वाधार निर्माण गरिने बताउनुभएको हो ।