माडीमा राम मन्दिर बनाउन बजेट विनियोजन

काठमाडौं । सरकारले चितवनको माडीमा राम मन्दिर निर्माणको लागि बजेट विनियोजन गरेको छ । विगत एक वर्षदेखि चर्चामा रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीको प्राथमिकता प्राप्त आयोजनाको रूपमा रहेको यो मन्दिर निर्माणका लागि आगामी आर्थिक वर्षको लागि चाहिने बजेट विनियोजन गरेको हो ।

गत राम नवमीको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले रामसीता र लक्ष्मणको मूर्ति बनाएर माडी पठाएका थिए । सरकारले यससँगै अन्य ठाउँमा धार्मिक पर्यटनको विकासका लागि पनि बजेट विनियोजन गरेको छ ।

यो पनि पढ्नुहोस

अध्यादेशबाट ल्याइएको बजेट झनै पपुलिस्ट, यस्ता छन् लोकप्रिय बन्ने ओली सरकारको कार्यक्रम

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट

निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

वृद्ध भत्ता १ हजार रुपैयाँले बढ्यो

कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड