राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन

अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब रुपैयाँ बिनियोजन गरेका छन् ।

यो रकम विभिन्न शैक्षिक क्षेत्र सुधारका लागि खर्च हुने उनको भनाई छ ।

पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।

उनले आगामी आर्थिक बर्षमा सतप्रतिशत बिद्यार्थी भर्नादर बढाइने पनि दावी गरेका छन् ।