पर्यटनको बजेट १ अर्ब ३५ करोडले बढ्यो, काठमाडौं आसपास हाइकिङ ट्रेल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट १ अर्ब ३५ करोड रुपैयाँले बढेको छ ।

सरकारले आगामी आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट कार्यान्वयन हुने कार्यक्रम तथा आयोजनाका लागि २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरेको हो ।

चालु आवमा पर्यटन मन्त्रालयका लागि सरकारले २६ अर्ब १२ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । पर्यटन क्षेत्रअन्तर्गत आगामी वर्ष सरकारले ग्रेट हिमालयन ट्रेलको गुरुयोजना पूरा गर्ने बताएको छ ।

काठमाडौं आसपास हाइकिङ ट्रेल र पदयात्रा मार्ग बनाउने घोषणा बजेटले गरेको छ । पर्यटनमा विदेशी लगानी आकर्षित गर्ने नीति सरकारले लिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

यो पनि पढ्नुहोस

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट

निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

वृद्ध भत्ता १ हजार रुपैयाँले बढ्यो

कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड