पूर्वराष्ट्रपतिको उपचार खर्च सबै सरकारले व्यहोर्ने

काठमाडौं। सरकारले पूर्व राष्टपति डा। रामवरण यादवको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले पूर्व राष्ट्रपतिले भारतमा उपचार गराउँदा लागेको खर्च विलअनुसार दिल्लीस्थित नेपाली दूताबासमार्फत दिने निर्णय गरेको हो ।