काठमाडौंका उद्योगलाई मकवानपुरमा सारे थप सुविधा

काठमाडौं । सरकारले काठमाडौं उपत्यका सञ्चालित उद्योग मकवानपुरको मयुरधापमा बन्दै गरेको औद्योगिक क्षेत्रमा सार्न प्रोत्साहन गर्ने भएको छ ।

काठमाडौं उपत्यकाका उद्योगलाई मयुधापमा सारेमा ५ वर्षसम्म विद्युत डिमान्ड शुल्कमा ५ प्रतिशत छुट दिने घोषणा आगामी वर्षको लागि अध्यादशमार्फत ल्याइएको बजेटमा गरिएको छ ।

त्यसै गरी सरकारले सवारी उत्पादन तथा एसेम्बल गर्ने प्लान्ट स्थापना गर्न विश्वका टप १० ब्रान्डका उद्योगलाई आकर्षित गर्ने नीति घोषणा गरेको छ ।

रोजगारी समेत प्रवर्द्धन गर्ने गरी त्यस्ता उद्योगलाई सरकारले कर सहुलियत र आवश्यक जग्गा दिने घोषाणा आगामी आर्थिक वर्षको लागि आएको बजेटमा उल्लेख छ । बजेटमा काभ्रेमा विशेष आर्थिक क्षेत्र बनाउने घोषणा बनाइएको छ ।

यो पनि पढ्नुहोस

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट

निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

वृद्ध भत्ता १ हजार रुपैयाँले बढ्यो

कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड