भक्तपुरमा राष्ट्रिय गौरव आयोजनाको रुपमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक वीर अस्पताल बन्ने

काठमाडौँ, १५ जेठ । जिल्लाको चाँगुनारायण नगरपालिको दुवाकोटमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक वीर अस्पताल निर्माण हुने भएको छ ।

आगामी तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७८/७९ भित्रमा डिपीआर तयार गरी सक्ने र तीन वर्षभित्रमा निर्माण गरिसक्ने अर्थमन्त्री विष्णु पौडेलले बजेट बक्तव्य मार्फत जानकारी गराउनुभयो ।

अस्पतालमा वर्तमान समय तथा अन्तर्राष्ट्रिय स्तरका प्रविधिहरुको प्रयोग गरिने भएको छ । दक्ष जनशक्तिको माध्यमबाट अस्पताल सञ्चालन हुने भएको छ ।

अस्पताललाई राष्ट्रिय गौरवको आयोजनाको माध्यमबाट सञ्चालन हुने समेत भएको छ । उक्त असपतालमा पुग्न यातायातको सहजिकरणको लागि अस्पतालसम्म जाने जडिबुटी मनोहरामा चार चार लेनको करिडोर निर्माण गर्ने गरिने मन्त्री पौडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट

निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

वृद्ध भत्ता १ हजार रुपैयाँले बढ्यो

कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड