सुनकोसी–मरिन डाइभर्सन आयोजनालाई साढे २ अर्ब बजेट, भेरी बबईलाई ३ अर्ब

काठमाडौं । सरकारले विभिन्न सिँचाइ आयोजनाका लागि बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षका लागि अध्यादेशबाट आएको बजेटमा सिक्टाइ सिँचाइ आयोजनाका लागि १ अर्ब ५६ करोड र रानीजमरा सिँचाइ आयोजनाका लागि २ अर्ब ३५ करोड बजेट दिइएको छ ।

महामाली सिँचाइ आयोजनाका लागि १ अर्ब २५ करोड, बबई सिँचाइ आयोजनाका लागि १ अर्ब ४४ करोड र अन्य साना सिँचाइ आयोजनाका लागि १ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले सुनकोसी–मरिन डाइभर्सन आयोजनाका लागि २ अर्ब ४६ करोड र भेरी बबई डाइभर्सनको लागि ३ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ ।

यो पनि पढ्नुहोस

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट

निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

वृद्ध भत्ता १ हजार रुपैयाँले बढ्यो

कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड