रासायानिक मल खरिदको बजेट एक अर्बले बढ्यो

काठमाडौं । सरकारले अनुदानको रासायनिक मल खरिद गर्न १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।

चालु आर्थिक वर्षको तुलनामा रासायनिक मल खरिदका लागि नयाँ बजेटमा एक अर्ब रुपैयाँले रकम वृद्धि भएको हो ।

चालु आर्थिक वर्षमा सरकारले मल खरिदका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

यो पनि पढ्नुहोस

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट

निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

वृद्ध भत्ता १ हजार रुपैयाँले बढ्यो

कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड