पछिल्लो २४ घण्टामा ४४८७ जनामा कोरोना संक्रमण पुष्टि, थप १ सय १६ जनाको मृ’त्यु

कोरोना संक्रमणबाट आज थप १ सय १६ जनाको मृ’त्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृ’त्यु हुनेको संख्या ७ हजार १ सय ६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजसम्म ३० लाख ३१ हजार ३ सय ८३ जनाको पिसीआर परिक्षण भएको छ भने १ लाख ११ हजार ५ सय ९ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको संंख्या ८९१ रहेको छ ।