मेलम्ची र धरहरा सरकारका उपलब्धिका मानक

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मेलम्ची खानेपानी आयोजना र धरहरालाई वर्तमान सरकारका उपलब्धिका मानकका रूपमा प्रस्तुत गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी अध्यादेशका आधारमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै मेलम्ची र धरहरालाई मानकका रूपमा प्रस्तुत गरेका हुन् ।