कोरोना संक्रमणबाट गायिका लासिमित राईको निधन

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बहुचर्चित गायिका लासिमित राईको निधन भएको छ । गायक अशोक मुकारुङले सोसल मिडिया फेसबुकमार्फत् गायिका राईको कोरोनाका कारण निधन भएको जानकारी गराएका हुन् ।

गायक मुकारुङले गायिका राईको निधनप्रति श्रद्धाञ्जलि ब्यक्त गर्दै लेखेका छन्, ‘एउटा विशाल आवाजको अन्त्य! बहुचर्चित गायिका लासिमित राई दिदीप्रति हार्दिक श्रद्धाञ्जलि, हजुरको बैकुन्ठमा बास होस् ।’

गायिका राईको नआउ सपना भरी, तिमीले दिएका बेदना, टुटेका मन, सधैँ भरी, कहिले हराउँदै, म मैनासरी, सुन कोशीको साङ्लो पानी, झारेको आँशु, तिम्रो माया, साउने भेलले’लगायतका गीतहरु चर्चित छन् ।