
खोटाङ। संखुवासभाबाट काठमाडौंका लागि उडेका तीन हेलिकोप्टर खोटाङको राजापानीस्थित साप्सु किनारमा आकस्मिक अवतरण गरेका छन्।
अरुण तेश्रोको अनुगमनमा गएको टोली लिएर फर्किएका दुई वटा अल्टिच्युट र एउटा मनाङ एयरका हेलिकोप्टर मौसम खराब भएपछि अवतरण गरेका हुन्।
अहिले हलेसीमा सम्पर्क गरिरहेको र त्यहाँ मौसम सफा रहेको जानकारी आएपछि हलेसी जाने तयारी गरिरहेको स्थानीय कुमार बुढाथोकीले जानकारी दिए।