संविधानकै हुर्मत लिन खोज्ने पात्रलाई निस्तेज पार्ने जिम्मेवारी हाम्रै हो : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले गणतन्त्रको अवमूल्यन गर्ने,लोकतन्त्र र संविधानकै हुर्मत लिन खोज्ने पात्रसंग प्रश्न र प्रवृत्तिसँग आक्रोश भएको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा एक ट्वीट गर्दै उनले अहिले ती पात्रलाई बदल्ने जिम्मेवारी पनि हाम्रै भएको बताएका छन् ।

उनले भनेका छन्,’गणतन्त्रको अवमूल्यन गर्ने,लोकतन्त्र र संविधानकै हुर्मत लिन खोज्ने पात्रसँग प्रश्न छ,प्रवृत्ति संग आक्रोश छ।

ती पात्रलाई बदल्दै र प्रवृत्तिलाई निस्तेज गर्दै जनताले अनुभूति गर्ने गरी गणतन्त्रलाई समाल्ने र पद्धतिलाई मजबुत बनाउने जिम्मेवारी हाम्रै हो।’