राष्ट्रपतिले कार्यकारीको रबर स्ट्याम्प भई काम गर्दा गणतन्त्रप्रति नकारात्मक भावना बढ्यो : झाँक्री

नेत्री रामकुमारी झाँक्रीले राष्ट्रपतिले कार्यकारीको रबर स्ट्याम्प भई संस्थाको मर्यादा कायम गर्न नसक्दा आज गणतन्त्रप्रति नकारात्मक भावना बढेको बताएकी छिन् ।

गणतन्त्र दिवसको अवसरमा शनिवार उनले ट्वीट गर्दै यस्तो बताएकी हुन् ।

उनले भनेकी छन्,’राष्ट्रपति संस्था संविधानको संरक्षक र कानूनको परिपालक हो। जसले संबिधान र कानूनको सिमा मिचेर कार्यकारीको रबर स्टाम्प भई संस्थाको मर्यादा कायम गर्न नसक्दा आज गणतन्त्र प्रति नै नकारात्मक भावना बढेको छ।’

उनले लोकतन्त्रमा व्यक्तिको विकल्प खोज्न समेत आह्वान गरेकी छन् । उनले भनेकी छन्,’यो हामीले लडेर ल्याएको ब्यवस्था हो। लोकतन्त्रमा व्यक्तिको विकल्प खोजौँ, व्यवस्थाको होईन।’