तनहुँमा पहिरोमा परी एक महिलाको मृ’त्यु

पोखरा । तनहुँ व्यास नगरपालिकामा पहिरोमा परी एक महिलाको मृ’त्यु गएको छ । मृ’त्यु हुनेमा व्यास १, निर्मल पोखरीका ६२ वर्षीय सरस्वती घर्ती रहेको वडाध्यक्ष खरसिंह दरैले जानकारी दिए ।

पहिरोले घर पूर्ण रुपमा क्षति पुगेको वडाध्यक्ष दरैले बताए । ‘राति सुतेको बेला घरपछाडिबाट ठूलो पहिरो आएछ ।

पहिरोपछि उद्धार गरेर अस्पताल लैजाने क्रममा मृ’त्यु भएको हो,’ उनले भने, ‘घरका अरु सदस्य भने सकुशलै छन् ।’घरमा घर्तीसहित ५ जना रहेको उनले बताए ।