श्रीमानको कुटपिटबाट श्रीमतीको मृ’त्यु

सिरहा। सिरहामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृ’त्यु भएको छ । गोलबजार नगरपालिका-२ तेतरिया सुनुवार टोलका २२ वर्षीय ललित सदाको कुटपिट उनकी श्रीमती २० वर्षीया श्रीमती सरिता देवी सदाको मृ’त्यु भएको ईलाका प्रहरी कार्यालय गोल बजारले जनाएको छ ।

झगडापछि सुतेकी उनी विहान मृत अवस्थामा भेटिएकी थिइन् । मृ’त्यु भएको हल्ला चलेपछि गाउँलेले प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय गोल बजारका इन्सपेक्टर सन्तोष राईले जानकारी दिए ।

दुवैजनाले मदिरा सेवन गरी बिहीबार राति झगडा गरेको र श्रीमानले धकेल्दा घरको भित्तामा टाउको ठोक्किँदा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा टाउकोको चोटकै कारण मृत्यु भएको खुल्न आएको छ ।

उनको श्रीमानलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । शब पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको छ । मृतक सरिताका २ छोरी छन् ।