प्रधानमन्त्रीले भने-मेलम्चीको पानी काठमाडौं झारेर काठमाडौंबासीको तिर्खा मेटाए !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र रोजगारीका अवसर बढ्दै र श्रमशक्ति बाहिरिने क्रम घट्दै गएको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् २ लाख प्रत्यक्ष रोजगारी उपलब्ध भएको बताएका छन् ।

१ सय ३८ स्थानीय तहमा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट महिलाहरूको जीविकोपार्जन सुधार कार्य सुरु भएको जानकारी पनि ओलीले दिएका छन् ।

पुनर्निर्माण सामर्थ्यको प्रतीक बनेर धरहरा, रानीपोखरी र दरबार हाइस्कूल राजधानीको मुटुमा स्थापित भएको पनि उनले उल्लेख गरेकान छन् ।

भव्य रूपमा सम्पन्न भएको दक्षिण एसियाली खेलकुदमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको त्रिदेशीय फुटबल, क्रिकेटहरूमा पनि नेपालको प्रदर्शन उदाहरणीय रहेको प्रधानमन्त्रीको भनाइ छ ।

उनले चीरप्रतिक्षित मेलम्चीको पानी काठमाडौंमा अवतरणसँगै काठमाडौंबासीका पानीको तिर्खा मेटिएका बताएका छन् । छिट्टै याङ्ग्री र लार्केको पानी मेलम्चीमा सामेल गरेर खानेपानीको समस्याको दिगो समाधान गर्ने प्रयास अगाडि बढेको उनले प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

प्रतिव्यक्ति आय औसतमा २५ प्रतिशतले बढेको भन्दै प्रधानामन्त्री ओलीले पहिलो पल्ट निर्यात व्यापारले एक खर्बको लक्ष्य नाघेको भन्दै व्यापार घाटा घट्दो क्रममा रहेको उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस

नेपाली जमिन फिर्ता ल्याइन्छ : प्रधानमन्त्री ओली

एमाले एकता जोगाउने प्रयास सफल भएन : प्रधानमन्त्री

निर्वाचनका लागि सबै दल सरकारमा आउनुस् : प्रधानमन्त्री

प्रतिनिधिसभा विघटनको औचित्य प्रष्ट्याउन राष्ट्रका नाममा सम्बोधन

प्रतिनिधिसभा पूरै कार्यकाल चलोस् भनेर कुनै कसर बाँकी राखिन : ओली

खोपको दोस्रो मात्रा जसरी पनि व्यवस्था गर्छौं : प्रधानमन्त्री ओली

‘जनताको जीवन रक्षाको लागि निषेधाज्ञा कडा परियो’- प्रधानमन्त्री

पार्टी र संसदीय दलको संस्थागत निर्णयलाई धज्जी उडाउँदै देउवालाई प्रधानमन्त्री बनाउन खोजियो : ओली