अभिनेता सुशान्तसिंह राजपुत प्रकरण : हैदरबादबाट सिद्धार्थ पिठानी प’क्राउ

अभिनेता सुशान्तसिंह राजपुत प्रकरणमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले सुशान्तका साथी सिद्धार्थ पिठानीलाई पनि प’क्राउ गरेको छ । हैदरबादबाट प’क्राउ परेका सिद्धार्थ पिठानीलाई १ जुनसम्मका लागि एनसीबीको हिरासतमा पठाइएको छ ।

अभिनेता सुशान्तले आत्मह’त्या गर्ने क्रममा घरमा रहेका ४ जनामध्ये सिद्धार्थ पिठानी पनि एक हुन् । हैदरबादबाट प’क्राउ परेका सिद्धार्थलाई मुम्बई ल्याइएको छ ।

यस प्रकरणमा १६/२०२० मा एफआईआर दर्ताभएपछि हालसम्म ३५ जनालाई एनसीबीले प’क्राउ गरिसकेको छ । पक्राउ पर्नु अगाडि नै एनसीबीले सिद्धार्थलाई समन पठाएपनि सम्पर्कमा नआएपछि प’क्राउ गरिएको हो ।

हैदरबादस्थित सिद्धार्थको घरबाट केही दस्तावेज र इलेक्ट्रोनिक प्रमाणहरु भेटिएको एनसीबीले जनाएको छ । त्यसोत, पछिल्लो साता मात्रै सिद्धार्थ पिठानीको विवाह भएको थियो ।

अभिनेता सुशान्तले झुण्डिएर आत्मह’त्या गरेपछि सिद्धार्थ पिठानीको नाम मिडियामा चर्चामा रहँदै आएको थियो । अब एनसीबीले सिद्धार्थ पिठानीलाई लागूऔषधबारे सोधपुछ गर्ने भएको छ ।

क्रिएटिभ आर्ट डिजाइनर सिद्धार्थ पिठानी दिवंगत सुशान्तको सबै भन्दा नजिकका साथी थिए ।