प्रख्यात साउथ कमेडियन वेणु माधवको ३९ बर्षको उमेरमा नि’धन

काठमाडौ। साउथ फिल्मका प्रख्यात कमेडियन वेणु माधवको नि’ध’न भएको छ । स्थानीय टिभि च्यानल स्टार मा का अनुसार वेणुले आज दिउँसो १२.२० मा अन्तिम सा’स लिएका हुन् । उनको परिवार तथा डाक्टरले उनको मु’त्युको पुष्टि गरेका हुन् ।

वेणुलाई सिकंदराबाद को एउटा प्राइभेट हस्पिटलको लाइफ सपोर्ट सिस्टममा राखिएको थियो । डाक्टरहरुले गरेको भरपुर कोशिशले पनि उनलाई बचाउन भने सकेनन् । माधव लामो समयदेखी कलेजो र मृगौलाको समस्याले ग्र’सि’त थिए ।

उनको स्वास्थ्यमा समस्या देखिए पछि १७ सेप्टेम्बरमा अस्पताल लगिएको थियो । पछि उनी डिस्चार्ज भएर घर फर्किएका थिए । फेरी अचानक मंगलबार उनको स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुर्याइएको थियो । डाक्टरले क’ले’जो प्र’त्यारोपण गर्ने बताएका थिए ।

वेणु माधवलाई अन्तिम पटक फिल्म Dr.Paramanandaiah Students मा देखिएको थियो । तेलुगू सिनेमा का प्रख्यात कमेडियनका रुपमा गनिने वेणु केबल ३९ बर्षका थिए । उनका २ सन्तान छन् ।